बारा, ८ चैत । तराईका केही जिल्लामा भोली चैते छठपर्व मनाईँदै छ । छठपर्वको अवसरमा बारा–पर्सा लगायतका जिल्लाका बजारमा चहलपहल बढेको छ । किनमेलका लागि व्रतालुहरुको बिहानैदेखि बजारमा भिड लागेको छ । तराई केही जिल्लामा कात्र्तिक महिनामा मनाईने छठ पर्व जस्तै चैते छठपर्व पनि मनाईने गरिएको छ ।
व्रतालुले भोली अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने र पर्सी बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने छ । छठ पर्वको व्रत बसेमा सन्तान सुख तथा रोग निको हुने धार्मिक विश्वास छ ।




