संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने मन्त्री बस्नेतको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २५ साउन ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उहाँले मुलुकको आर्थिक विकास, राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्ने बताउनु भयो ।
मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने समेत ठहर समेत गर्नुभएको छ ।
यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्न बताउनुभयो ।

अब हुने स्थानीय तहको निर्वाचनमा संविधान संशोधन गरेर भएपनि असन्तुष्ट पक्षलाई समेत सहभागी गराउने सम्बन्धमा सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वा्चित हुनुभएका सिन्धुपाल्चोक जिल्लाका नगरप्रमुख, उप–प्रमुख, गाउँपािलका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष वीरबहादुर भण्डारीले व्यक्तगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा लाग्न राजनीतिक दलका नेतालाई अपिल गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);