बौद्ध धर्मावलम्बीको मतया पर्व आज, विहार तथा चैत्यमा दीप प्रज्वलनले पितृको आत्मालाई शान्ति प्राप्त हुने धर्मावलम्बीको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२५ साउन, काठमाडौं ।

हरेक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ । गाईजात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने यो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ ।
आजै साँझसम्म हुने कार्यक्रममा मानिसलाई सिंगारिएर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन) मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ ।
उक्त पर्वका क्रममा ससाना बालबालिका तथा वयस्कलाई समेत आआफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । सोही क्रममा विभिन्न टोलटोलमा भएका बौद्ध सम्पदा, चैत्य तथा वहा वहीमा दीप प्रज्वलन गरिन्छ ।यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);