काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने

काठमाडौं, ४ चैत । काठमाडौंमा बिहिबारदेखि ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन एक्स्पोको बारेमा जानकारी गराएको हो ।

काठमाडौंको होटल याक एण्ड यतीमा हनुे एक्स्पोमा माउन्टनेरिक क्षेत्रमा उपयोग हुने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराइने जनाइएको छ । नेपालको साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको नेपाल पर्यट बोर्डको भनाइ छ ।

४ दिनसम्म चल्ने एक्स्पोमा ३० भन्दा बढि साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी हुनेछन । न्युजीरलेण्ड, स्पेन, क्यानेडा, अमेरीका, चिनलगायत विश्वका विभिन्न मुलुक बाट २ सय ५० जनाभन्दा बढि पर्यटन विज्ञहरु एक्स्पोमा सहभागी हुने जनाइएको छ ।