प्रधानमन्त्री केपी शर्मा ओलीको एक महिना मन्त्रिपरिषद् विस्तारमै सकियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको एक महिना मन्त्रिपरिषद् विस्तारमै सकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना र रणनीतिबारे आज सरकारका मन्त्री र सचिवहरुसँग छलफल गर्दैछन ।

pm kp oli

काठमाडौं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना र रणनीतिबारे आज सरकारका मन्त्री र सचिवहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको एक महिनापछि विकास योजना र रणनीतिबारे आज सरकारका मन्त्री र सचिवहरुसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि मन्त्री र सचिवहरुलाई अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले जनताले राहत महसुस गर्ने कार्यक्रम र योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिने उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ओली गत फागनु ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । एक महिनाको बीचमा आम जनताले नयाँ सरकार गठन भएको अनुभूति गर्न पाएका छैनन् ।

प्रधानमन्त्री ओलीले एक महिनाको समय मन्त्रीपरिषद् बिस्तारमा खर्च गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);