रेशम चौधरीले तोडे अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रेशम चौधरीले तोडे अनशन

कैलाली , ३ चैत । कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले १८औँ दिनमा अनशन तोडेका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका हुन् ।

संसद् सदस्यको प्रमाणपत्र तथा शपथग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने र पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने माग राख्दै चौधरी अनशन बसेका थिए ।

गृहमन्त्री थापाले मुद्दा र अदालती विषयबाहेकका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएपछि चौधरीले अनशन तोडेका हुन् ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);