प्रदेश २ को सरकारले कृषकलाई विशेष प्राथमिकता दिने | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

प्रदेश २ को सरकारले कृषकलाई विशेष प्राथमिकता दिने

काठमाडौं, २ चैत । प्रदेश नम्बर २ को सरकारले कृषकलाई विशेष प्राथमिकता दिएर नयाँ अर्थनीति बनाउने भएको छ । प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री योगेन्द्र रायले प्रदेश नम्बर २ लाई समृद्ध बनाउन कृषि क्षेत्रलाई विकसित गरिने बताए ।

माउन्टेन समाचारका लागि कुरा गर्दै मन्त्री रायले अब बन्ने नीतिमा कृषिसँगै जनस्वास्थ्यले पनि प्राथमिकता पाउने स्पष्ट पारेका छन् ।

तराई–मधेसमा वर्षेनी प्राकृतिक प्रकोपबाट कृषकलाई हुने क्षति न्यूनिकरणका लागि सरकारले प्रभावकारी पहल गर्ने उनले प्रतिबद्धता पनि जनाए । तराईका जिल्लामा बाढी, पहिरो र डुबानका कारण वर्षेनी करिब दुई लाख हेक्टर जमिनको कृषि बालीमा क्षति पुग्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);