काठमाडौं, १ चैत । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र र जनताका पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताएकी छन ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीले पदभार ग्रहणपछि मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको अवस्थामा जनताका प्रतिनिधिमार्फत दिइएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने बताइन । ।
राष्ट्रपतिका रुपमा २८ महिना लामो कार्यकाल विताएकी भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन ।




