प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओलीले सो भेटमा विमान दुर्घटना हुनुलाई दु:खद घटना भएको बताएका छन् ।

मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रसंशा गरेका छन् । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले बताए ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको बताए । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई जानकारी गराए ।

फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);