काठमाडौं, २९ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले अब भष्ट्राचार गर्नेहरुको दिन समाप्त भएको बताएका छन ।
सोमबार राजधानीमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औँ बार्षिक साधारण सभामा मन्त्री यादवले भ्रष्टाचारीलाई सुखले बस्न नदिने बताए । यादवले आफ्नो मन्त्रालयबाट प्रवाह हुने सेवा सुविधालाई व्यवस्थित र चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्रालय मातहतका कर्मचारी कसैले कुनै पनि बहानामा काम नगरेको गुनासो सीधै आफूकहाँ ल्याउनसमेत यादवले आहृवान गरेका छन । जनतालाई केन्द्रमा राखेर आफूले काम गर्ने प्रतिवद्धता उनले जाहेर गरेका छन ।
जनप्रतिनिधि र सरकारका कर्मचारीले आफूलाई मालिक ठान्ने अहम्भावले जनताले सास्ती पाएको उनको भनाइ थियो । आफूहरु देश र जनताको शासक नभई सेवक भएको भन्दै उनले आफ्नो मन्त्रालय मातहतका अधिकारीका कारण कुनै पनि सास्ती झेल्नुपरेको भए सिधै आफूकहाँ आउन आग्रह पनि गरेका छन ।