तनहुँ, २८ फागुन । भानु नगरपालिका वडा नं १२ रतनपुरमा सामूहिक रुपमा चाँप र तेजपत्तालगायत औषधीजन्य वनस्पतिको सामुहिक खेती शुरु गरिएको छ ।
मिलीजुली महिला समुहको आवद्ध २२ घरको करिव ५०० रोपनी जग्गामा चाँप, तेजपत्ता, वकाईनो, लप्सी र औषधीका लागि प्रयोग हुने करिव १२ थरिका वनस्पति रोपिएको हो । जिल्ला वन कार्यलय तनहुँको सहयोग र स्थानिय वासिन्दाको सक्रियतामा चाँप खेती शुरु गरिएको हो ।
उक्त रुख विरुवा तथा वनस्पतिको खेती गरिएपछि उक्त गाँउ आर्थिक रुपमा निर्भर हुने स्थानियवासीको भनाई छ । १० वर्षको अन्तरालमा उपयोग गर्न सकिने रुखहरु कडा काठको रुपमा आउने हुदाँ काठ र वनस्पतिले राम्रो लाभ दिनेछन ।
उक्त अभियानले समाज र गाँउको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । ५ रोपनी जग्गामा करिव २८ हजार विभिन्न प्रजातिका वनस्पतिहरु रोपिएको छ ।