एजेन्सी , २७ फागुन । चीनको न्यास्नल पिपुल्स कांग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ।
यसबाट राष्ट्रपति सी जीन पिङ्ग आजीवन राष्ट्रपति बन्ने सम्भावना बढेको छ । नेसनल पिपुल कांग्रेसको आइतबारको बैठकले सो प्रस्ताव पारित गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइनाद्धारा प्रस्तावित उक्त प्रस्तावमा संसदमा २० हजार ९ सय ६४ मत मध्ये ३ सांसद अनुपस्थित थिए भने २ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।




