काठमाडाैं, २६ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले अफगानिस्तान समक्ष १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेको बुलावायो मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९४ रन बनायो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन बनाए । खड्काले ८२ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ४१ बलमा ३२ रन बनाए भने आरिफ शेखले ३६ बलमा ३२ रन जोडे । ६९ बलमा २३ रन बनाउँदै ज्ञानेन्द्र मल्ल फेभिलिएन पर्किए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका लागि मोहाम्मद नावीले ४ विकेट लिए भने रसिद खानले नेपालको ३ विकेट झारे । त्यस्तै सहपुर जार्डनले २ र मुजिव उर रहमनले १ विकेट लिए ।
अहिले अफगानिस्तानले जवाफि ब्याटिङ गरिरहेको छ । शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । तीन खेलमा पराजय बेहोरेको अफगानिस्तानले पनि हालसम्म प्रतियोगितामा अंक जोड्न सकेको छैन । तर, नेट रनरेटको आधारमा अफगानिस्थान नेपालभन्दा एक स्थान माथि छ ।