अमेरिकाद्वारा उत्तर कोरियासामु वार्ताका लागि शर्त पेश | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

अमेरिकाद्वारा उत्तर कोरियासामु वार्ताका लागि शर्त पेश

kim trump

एजेन्सी, २६ फागुन । अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका लागि शर्त अघि सारेको छ ।

अमेरिकाले ट्रम्पले किमसँग भेटवार्ता गर्नुअघि उत्तर कोरियाले केही ठोस कदम चाल्नुपर्ने शर्त अघि सारेको हो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले किमसँग भेटवार्ता गर्ने बताए । यसअघि उत्तर कोरियाली नेता किमले पठाएको निमन्त्रणापत्र स्वीकार गर्दा ट्रम्पले कुनै शर्त राखेका थिएनन । राष्ट्रपति ट्रम्पकी प्रवक्ताले पनि प्योङयाङको ठोस कदम नहेर्दासम्म वार्ता नहुने बताएकी छन् ।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आगामी मे महिनामा वार्ता हुने बताएको भोलिपल्ट ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले प्योङयाङको ठोस कदम नहेर्दासम्म वार्ता नहुने अभिव्यक्ति दिएका हुन । स्यान्डर्सले वार्ता कहाँ र कहिले हुने भन्नेबारे अहिलेसम्म निश्चित नभएको बताए ।

दक्षिण कोरियाका विशष दूत योङले ट्रम्पलाई उत्तर कोरियाली नेता किमको निम्तापत्र दिएलगत्तै दुई नेताबीच आगामी मे महिनामा वार्ता हुने बताएपछि विश्व समुदायले स्वागत गरेको थियो । तर ह्वाइट हाउसकी प्रवक्ता स्यान्डर्सले विश्वले केही पाउने गरी उत्तर कोरियाले कुनै ठोस कदम नचालेसम्म ट्रम्पले किमलाई नभेट्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);