पानीको दु:खले बसाइँ सराइ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पानीको दु:खले बसाइँ सराइ

lack of water

काठमाडौं, २६ फागुन । गर्मीयामको सुरुवातसँगै कैलालीको चुरे क्षेत्रका पहाडी बस्तीमा पानीको हाहाकार हुन थालेको छ । प्राकृतिक कुवा र धाराका मूल सुक्दै गएपछि पानीकै लागि घण्टौं हिंड्नुपर्ने बाध्यता छ ।

चुरे गाउँपालिका अन्तर्गतका साबिकका ५ गाउँ विकास समितिमा यस्तो हाहाकार भएको हो । पानीको समस्याले कतिपय बस्ती सरेका छन् । स्थानीय बसाइँ सराइ गरेर हिंड्न थालेपछि बस्ती उजाडिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियर गणेश उपाध्यायका अनुसार चुरेमाथिका मात्र नभएर फेंदीका बस्तीमा पनि पानीको अभाव छ । चुरे गाउँपालिका–३ फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । ‘गत वर्ष ३० लाखको योजनाबाट ३५ धारा सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अहिले मूल नै सुकिसक्यो ।’

चुरे फेंदीको बस्ती गाजरीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण पूरा भएको गाजरी खानेपानी योजनाको पनि मूल सुकेको छ । ‘यहाँ जमिनको पानी तानेर ओभरहेड ट्यांकीबाट खानेपानी पुर्‍याउने गरी पुन सञ्चालनको तयारी गरिरहेका छौं,’ इन्जिनियर उपाध्यायले भने ।

यस्तै चुरे गाउँपालिकाभित्रका ४ वटा अन्य योजनामा समेत पानीको मूल सुकेको छ । ‘भूक्षय, पहिरो, वन विनाशलगायत कारणले चुरेमा पानीको मूल सुक्दै गएका छन्,’ उनले भने, ‘चुरेको प्राकृतिक सम्पदाको संरक्षणबिना चुरे बस्तीको भविष्य संकटमा पर्ने निश्चित छ ।’ फागुनदेखि सुक्दै जाने र वर्षात सुरु नभएसम्म पानीका मूल फुटैन । गर्मीयामका ३ महिना पानीका प्राय सबै मूल सुक्ने गरेको श्रीपुर चण्डेश्वरीका हरिसिंह साउदले बताए । ‘वर्षात सुरु भएपछि मात्र मूल फुट्छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);