काठमाडौं, २५ फागुन । आयोजक झापा ११ थ्रीस्टार क्लबलाई पराजित गर्दै झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारलाई ४–३ गोल अन्तरले पराजित गर्दै झापा ११ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि ट्राइबेकरबाट निर्णय लिइएको हो ।
झापाको लागि योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देवेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए ।
थ्रीस्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए । प्रतियोगिताको म्यानअफ द म्याच झापाका देवेन्द्र तामाङ घोषित भए । शनिबार त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लवबीच खेल हुने छ ।