एफएममा कार्यरत दुई जनालाई अज्ञात समूहद्वारा कुटपिट | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

एफएममा कार्यरत दुई जनालाई अज्ञात समूहद्वारा कुटपिट

इलाम, २४ फागुन । इलामको चियावारी एफएममा कार्यरत दुई जनालाई अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति रेडियो बन्द गरेर कोठा जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र वजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले कुटपिट गरेको हो ।

उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।