२० हजार कर्मचारी छानविनमा: अटेरी गर्ने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

२० हजार कर्मचारी छानविनमा: अटेरी गर्ने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक

teacher

काठमाडौं, २५ फागुन । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३\ ०७४ को सम्पत्ति विवरण बुझाउन पटक पटक ताकेता गरेको थियो ।

४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै त्यस्तो विवरण दिन अटेरी गरेको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । केन्द्रका अनुसार आव २०७३\ ०७४ मा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक छन् ।

११ हजार ४ सय ५५ शिक्षकले विवरण नबुझाएको केन्द्रले जनाएको छ । हाल देशभर कार्यरत शिक्षक संख्या ८२ हजार ७ सय २२ शिक्षकको १४ दशमलव २० प्रतिशत हो । यस्तै ४ हजार ५ सय २५ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने ती कर्मचारीलाई अख्तियारले छानविनको दायरामा ल्याएको केन्द्रले बताएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);