अटेरी जनप्रतिनिधिः सम्पत्ति विवरण बुझाउन आलटाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अटेरी जनप्रतिनिधिः सम्पत्ति विवरण बुझाउन आलटाल

local election

काठमाडौं, २० चैत । पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक बर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् ।

कानुनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएको निकायले त्यसको जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई गराउनुपर्छ । स्थानीय तहको निर्वाचनबाट ३५ हजार ४१ जना निर्वाचित भएका छन् । चैत १८ गतेसम्म राष्ट्रिय सतर्कता केन्द्रमा १५ हजारले मात्र सम्पत्ति विवरण बुझाएको रेकर्ड छ ।

पटक पटक ताकेता गर्दा पनि सबै जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको केन्द्रले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिहरुको नामावली उपलब्ध गराउन केन्द्रलाई ताकेता गरिरहेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);