लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी , २३ फागुन । पोर्चुगिज क्लब पोर्तोसँग दोस्रो लेगमा बराबरमिा रोकिए पनि लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनल प्रवेश गरेको छ । एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पारेको छ ।

पहिलो लेगमा हात पारेको ५–० को जितका कारण प्रशिक्षक जर्जेन क्लोपले केही मुख्य खेलाडीलाई आराम दिएका थिए । पहिलो हाफमा साडियो मानोको प्रहार पोस्टमा लागेको थियो । लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);