सरकारको निर्णयप्रति अधिकारीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकारको निर्णयप्रति अधिकारीको आपत्ति

काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले शक्तिको अधिक केन्द्रिकरण गर्दा भ्रष्टीकरणको जन्महुने भन्दै सचेत रहन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराए । उनले सरकारलाई शक्ति सन्तुलनको सिद्धान्त अनुसार अघि बढन पनि सुझाव दिए ।

काँग्रेस सांसद अधिकारीले सरकारले बहुमतको आडमा लोकतान्त्रिक शक्तिहरुलाई दवाव दिन खोजेको आरोप समेत लगाए । उनले लोकतान्त्रिक आचरणको जगमा मुलुकलाई समृद्ध बनाउने गरी अघि बढ्न सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);