दार्चुला, २० फागुन । महाकाली नदीमा भारतीय पक्षले नेपालको सहमतिबिना चार वटा काठे पुल बनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतले पत्र पठाएपनि नेपालले सहमति दिएको छैन ।
भारतीय पक्षले सहमतिबिना नजांग खोला, लखनपुर, दोपाखे, र बुदीको कौथलामा काठेपुल बनाएको हो । सो पुलहरुबाट भारतीय मजदुर आवात जावत गर्ने गरेका छन् ।
दुई देशको विवादित भुमी कालापानीसम्म सडक निर्माणका लागि भारतले काठे पुल बनाएको हो । भारतीय पक्षले पुल बनाउँदा पनि नेपाल सरकार मौन बसेको छ ।