इलाममा आन्तरिक पर्यटक बढे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलाममा आन्तरिक पर्यटक बढे

इलाम, २० फागुन । इलाममा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको छ । पर्यटकीय स्थल इलाममा अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरिक पर्यटकको संख्या बढेको हो । चालु अर्थिक वर्षको कार्तिक मसान्तसम्म झण्डै २० हजार आन्तरिक पर्यटक इलाम पुगेका छन् ।

गत बर्ष झण्डै १५ हजार आन्तरिक पर्यटक इलाम पुगेका थिए । पर्यटकको संख्या बढेपनि व्यवसाय भने फस्टाउन नसकेको व्यवसायीको गुनासो छ ।
इलामको पर्यटन विकास गर्न चिया बगानको मात्र नभई अन्य ग्रामिण क्षेत्रको पनि प्रचार प्रसार गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);