हुचिल र सालकको मासु सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

हुचिल र सालकको मासु सहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन । नुवाकोटबाट प्रहरीले तीन वटा हुचिल र सालकको मासु सहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिकाका बलराम श्रेष्ठ छन् ।

उनिहरुलाई तीन वटा हुचिल र सालकको मासु सहित पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । हुचिल र सालक लोपोन्मुख वन्यजन्तु भएकाले उनीहरुमाथी थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।