नेपाली पहिचानलाई कसैले पनि चुनौती दिन सक्दैन : ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली पहिचानलाई कसैले पनि चुनौती दिन सक्दैन : ज्ञवाली

pradeep gyawali

काठमाडौं, १८ फागुन । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले नेपाली पहिचानलाई कसैले पनि चुनौति दिन नसक्ने बताएका छन् ।

सचिव ज्ञवालीले नेपालीहरुबीच विभाजन ल्याउन केही वर्षअघि गरिएका प्रयास आफैं निस्तेज भएर गएको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सम्पूर्ण नेपाल माहात्म्य तथा धार्मिक स्थल परिचय’ नामक पुस्तकको विमोचन गर्दै उनले केही वर्षअघि नेपालमा पहिचानको नाममा मुलुकलाई विभाजन गर्न खोज्ने शक्तिहरु अहिले किनारा लाग्दै गएको पनि स्मरण गराए ।

साहित्यकार समेत रहेका सचिव ज्ञवालीले प्राचीन नेपालको मौलिकता नेपाल र नेपालीका लागि गौरवको विषय भएको पनि चर्चा गरेका छन् । सधुसुदन सुवेदीद्धारा लिखित पुस्तकमा नेपालको धार्मिक स्थलहरुको परिचय दिने प्रयास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);