माओवादीले नाम टुंग्याएका सबै सशंकित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

माओवादीले नाम टुंग्याएका सबै सशंकित

moaist

काठमाडौं, १८ फागुन । माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्डको सचिवालयले जनायो ।

तर, फोरम पनि सरकारमा सहभागी हुँदा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुने सम्भावना देखिन्छ ।

त्यसैले मन्त्रीका लागि छानिएकाहरू ‘रिङ आउट’ हुन सक्ने भन्दै सशंकित छन् । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो अझै लगाएको छैन । आजको नयाँ पत्रिकामा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);