काठमाडौं, १८ फागुन । लतिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन मनपरी ढंगले विदेश जाने गरेको पाईएको छ । निर्वाचित भए यता महानगरलाई समेत पत्तो नदिई उनी आठपटक विदेश भ्रमण गईसकेका छन् । महर्जन हालसम्म जापान, थाईल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, श्रीलंकालगायत मुलुक पुगिसकेका छन् ।
गत वैशाखमा निर्वाचिन भएपछि उनी पहिलो पटक जापान भ्रमणमा गएका थिए । त्यसपछि पनि उनी दुईपटक जापना पुगिसके । चिरिबाबु हाल तेस्रोपटक जापान दौडमा छन् ।, आजको नागरिकमा यो खबर छ ।