काठमाडौंका मेयर अनुमतिबिनै विदेश भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

काठमाडौंका मेयर अनुमतिबिनै विदेश भ्रमणमा

bidhaya sundar

काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् ।

उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।  संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ।

‘जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारी चाहिँ पाएका छौँ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘औपचारिक जानकारी दिने गरेका छैनन् ।’आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

ताजा समाचार