के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ? | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?

electricity of china

काठमाडौं, १८ फागुन । चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ । २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो ।

समाचारमा लेखिएको छ, सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत आदन प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ । सोही अन्तरदेशीय प्रशारणलाइन आयोजना निर्माण मोडालिटीलाई अन्तिम रुप दिन नेपाल विद्युत प्राधिकरण सर्भेयर टोलीले अध्ययन सुरु गरेको हो ।

सम्भाव्यता अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रशारण लाइन निर्माण गर्न सकिने देखिएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);