अल्जेरियामा नगरपालिका तथा प्रान्तीय सभाका सदस्य चयन गर्न शनिवार मतदान भएको छ । पाँच वर्षे कार्यकालका लागि हुने निर्वाचनमा करिव दुई करोड ४० लाख मतदाता मतदानका लागि योग्य रहेको राष्ट्रिय स्वतन्त्र निर्वाचन प्राधिकरण (एएनआईई) ले जनाएको छ । निर्वाचनमा एक लाख ६० हजारभन्दा बढी उम्मेदवार प्रतिष्पर्धामा छन् । निर्वाचन प्राधिकरणकाअनुसार कुल उम्मेदवारमध्ये ४० वर्षमुनिका उम्मेदवारको संख्या ५४.०२ प्रतिशत रहेको छ भने महिला उम्मेदवारको हिस्सा ११.८६ प्रतिशत छ । निर्वाचनका लागि कुल ६ हजार ५२ वटा उम्मेदवार सूची दर्ता भएका छन् । तीमध्ये ४२८ वटा सूची प्रान्तीय सभाका लागि र ५ हजार ६२४ वटा सूची नगरपालिका परिषद्का लागि दर्ता गरिएको निर्वाचन प्राधिकरणले जनाएको छ ।
अल्जेरियामा नगरपालिका र प्रान्तीय सभाका लागि मतदान
ताजा समाचार
अफगानिस्तानको कुनार प्रान्तस्थित विद्यालयमा विस्फोट
२९ सेकेंड अघि
अल्जेरियामा नगरपालिका र प्रान्तीय सभाका लागि मतदान
२० मिनेट अघि




