दोस्रो अभ्यास खेलमा नेपालले हङकङको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

दोस्रो अभ्यास खेलमा नेपालले हङकङको सामना गर्ने

cricket

काठमाडौं , १७ फागुन । विश्व कप छनोट चरणका खेलअघि को दुई अभ्यास खेलमध्ये आज नेपालले दोस्रो खेल खेल्दै छ । पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको नेपाली टोलीले आज दोस्रो खेलमा एक दिवसिय मान्यता पाएको हङकङको सामना गर्दैछ । खेल नेपाली समय दिउँसो १:१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो अभ्यास खेलमा युएई ५ विकेटले हराउँदा बलिङ तर्फ ललित भण्डारीले ४ विकेट लिएका थिए भने, ब्याटिंगमा दीपेन्द्र सिंह ऐरी (४१), शरद भेषवाकर (४१ नट आउट), आरिफ शेख (२३) र पारस खड्का (२८) ले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

हङकङ भने पहिलो अभ्यास खेलमा नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भयो । पहिलो ब्याटिङ गर्दै कप्तान बाबर हयातले ९६ बलमा ८५ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याट्सम्यानहरुले राम्रो नखेल्दा हङकङ ४१ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । बाबरले यसै सिजन नेपालमा सम्पन्न एभेरेस्ट प्रिमियर लिगमा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए । उनलाई विराटनगर वारियार्समा साथ दिएका अन्सुमन रथले भने हिजोको खेलमा १ रन मात्र बनाए ।

डिभिजन-२ मा उपविजेता रहँदै नेपाल विश्वकप छनोटको समूह ‘बि’ मा परेको हो । समूह ‘बि’ मा नेपालले अफगानिस्तान, जिम्बावे, हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् । डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई नेपालले यथावत राख्दै ललित नारायण राजवंशीको रुपमा एक खेलाडी थप पनि गरेको छ । नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);