ओली नेतृत्वको सरकार फाँसीवादतर्फ उन्मुख : मोहन बैद्य | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

काठमाडौं, १६ फागुन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले केपी ओली नेतृत्वको सरकार फाँसीवादतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन् ।

अध्यक्ष बैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता, कार्यकर्तालाई ओली नेतृत्वको सरकारले धरपक्कड गर्ने, पक्राउ गर्ने गरेर मुलुकलाई फाँसीवादतर्फ लैजान खोजेको आरोप लगाएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले र माओवादी केन्द्रले बामगठबन्धनको नाममा दक्षिणपन्थी बाटो अंगालेको बताए ।

एमाले र माओवादीले दक्षिणपन्थी बाटो अंगालेकाले छिट्टै पतन भएर जाने भन्दै वैद्यले आक्रोश पोखे । अध्यक्ष बैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारीबीच एकता हुनैपर्ने बेला आएको समेत बताएका छन् ।

अध्यक्ष बैद्यले देश र जनताको मुक्तिको नाममा क्रान्तिकारीहरुमाथि धरपक्कड गर्नेहरुलाई कम्युनिष्ट भन्नै नमिल्ने तर्क गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);