एजेन्सी, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ज्वाई जारेड कुश्नरलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा रोक लगाएका छन । ट्रम्पले कुश्नरलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा घटुवा गरेको रअमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
कुश्नरले ट्रम्पका एक उच्च सल्लाहकारको रुपमा काम गर्दै आएका छन । कुश्नरले उच्चस्तरको सुरक्षासम्बन्धी रिपोर्ट पाउने गरेका थिए । गोप्य कागजातहरूमा पहुँचका लागि स्थायी अनुमति नपाएका कुश्नरले अब उप्रान्त उच्चस्तरका सुरक्षा रिपोर्ट नपाउने बताइएको छ । ट्रम्पकी छोरी इभांकासँग बिहे गरेका राजनीतिक अनुभव नभएका ३७ बर्षिय कुश्नरको राष्ट्रपतिलाई गराइने दैनिक गुप्तचर जानकारीमा पहुँच रहिआएको थियो ।
राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ जोन केलीले यसै महिनाको शुरूतिर उच्च सुरक्षा दस्तावेजहरूमा पहुँच पाउने मानिसहरूको संख्या सीमित पार्ने बताएका थिए ।