बझाङको दुर्गम गाउँदेखि युएफसिको ढोकासम्म : रविन्द्रको संघर्ष र विश्वस्तरीय यात्राको कथा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

बझाङको दुर्गम गाउँदेखि युएफसिको ढोकासम्म : रविन्द्रको संघर्ष र विश्वस्तरीय यात्राको कथा

कविना बलामी,काठमाडौँ । बझाङको एउटा दुर्गम गाउँबाट सुरु भएको रविन्द्रको यात्रा सपना देख्नु अघि नै संघर्षसँग जोडिएको थियो। सीमित स्रोतसाधन, कठिन भौगोलिक अवस्था र खेल क्षेत्रमा पर्याप्त अवसरको अभावका बीच उनले आफ्नो लक्ष्य भने छाडेनन्। निरन्तरको मेहनत, अनुशासन र आत्मविश्वासका कारण बझाङका रविन्द्र आज विश्वकै चर्चित ठूलो मञ्च यूएफसिको ढोकासम्म पुगेका छन्।

बझाङको एउटा दुर्गम गाउँबाट सुरु भएको रविन्द्र ढाँटको यात्रामा सपना भेटिनु भन्दा पहिला नै संघर्ष भेटिएको थियो । सामान्य खेलबाट सुरु भएको उनको यात्रा विस्तारै अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्यो। बझाँङको बाघ रविन्द्र ढाँटले आफ्नो संघर्षका दिनहरु पन्छ्याउँदै आज उनीे युएफसिको ढोकासम्म उभिएका छन् । एम एम ए अर्थात मिक्स्ड मार्सल आर्टसमा राम्रो प्रतिस्पर्धी भएकै कारण उनले एमएमए लाई नै प्रोफेसन बनाएका थिए ।यसरी एम एम ए बाट सुरु गरेको यात्रा रविन्द्रले रोड टु यु एफ सि सिजन फाइभका फाइनलमा छन् जुन आफैमा एक विश्वस्तरिय मञ्च मानिन्छ । रोड टु यु एफ सिमा पुगि आफ्ना समर्थकहरुलाई निराश नबनाई दमदार प्रर्दशन गर्दे उनले रोड टु यु एफ सिमा खेल्ने पहिलो नेपाली खेलाडीमात्र नभएर सेमिफाइनल सम्मै पुग्ने पहिलो नेपाली फाइटर बन्न उनी सफल भएका छन् ।

त्यस्तो मञ्चसम्म एक नेपाली खेलाडी, त्यो पनि देशको दुर्गम भूभाग बझाङबाट पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि हो। अझ त्यहाँ पुगेर प्रतिस्पर्धा गर्नु मात्रै होइन, लगातार राम्रो प्रदर्शन गर्दै अगाडि बढ्नुले रविन्द्रको खेल क्षमता र संघर्षलाई थप प्रमाणित गरेको छ।रोड टु यु एफ सिको सेमिफाइनलमा रविन्द्रले न्यूजिल्यान्डका काशिभ मुदारोजसँग प्रतिस्पर्धा गरेका थिए। कठिन प्रतिस्पर्धाका बीच रविन्द्रले आफ्नो क्षमता प्रस्तुत गर्दै उक्त फाइटमा पनि सफलता हात पारे। यससँगै उनी रोड टु यु एफ सि सिजन ५ को फाइनलमा प्रवेश गर्न सफल भएका छन्। फाइनलमा पुगिसकेपछि रविन्द्रका लागि आफ्नो विगतका प्रदर्शनभन्दा अझ रणनीतिक र संयमित खेल आवश्यक हुनेछ। अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा विपक्षी खेलाडीको शैली, कमजोरी र बलियो पक्षको अध्ययन महत्वपूर्ण हुन्छ। त्यसैले फाइनलअघि विपक्षीको खेल शैलीको विश्लेषण, शारीरिक तयारी, फिटनेस, स्ट्राइकिङ, ग्राउन्ड गेम र मानसिक तयारीलाई विशेष प्राथमिकता दिनुपर्ने बक्सर म्याक्स बस्नेत बताउँछन्।

सेमिफाइनलसम्म आइपुग्दा रविन्द्रले देखाएको आत्मविश्वासलाई कायम राख्दै उनी फाइनमा उत्रदैछन् । बझाङको एउटा कुनाबाट रविन्द्रलाई विश्वकै ठूलो एमएमए मञ्चको ढोका सम्म ल्याइपुर्याएको छ ।सरकारले दुर्गम क्षेत्रका प्रतिभा पहिचान गर्न प्रभावकारी कदम चाल्नुपर्ने जरुरत छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मले खेलाडी पहिचान, प्रशिक्षण र प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा बजेटको व्यवस्था गर्न सके रविन्द्र ढाँट जस्तो अरु राम्रा प्रतिभाहरु पनि अवश्य भेटिनेछन् ।

Leave a Reply

ताजा समाचार