सोमबारदेखि सिटामोलको उत्पादन सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

सोमबारदेखि सिटामोलको उत्पादन सुरु

काठमाडौं, १४ फागुन । सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो ।

गत असोजमै सिटामोल उत्पादन गर्ने भनिएको थियो । आवश्यक सामग्री बन्दोबस्त गर्न नसक्दा तोकिएकै मितिमा सिटामोल उत्पादन गर्न नसकिएको लिमिटेडका महाप्रबन्धक डा. रोभस कुशम सुवेदीले जानकारी दिए ।

एउटा ब्याचमा ३ लाख २० हजार युनिट ट्याब्लेट उत्पादन गर्ने लक्ष्य लिइएको छ । परीक्षण कालमा भने एउटा ब्याचमा ८० हजार मात्रै ट्याब्लेट उत्पादन हुने पनि महाप्रबन्धक सुवेदीले स्पष्ट पारे  ।

लिमिटेडले गत वर्षदेखि जीवनजलको उत्पादन पुन सुरु गरिसकेको छ । १० लाख युनिट ट्याब पुगेपछि मात्रै बजारमा पठाउने योजना छ । सिटामोलको माग धान्न नसक्ने भएकाले पनि तत्काल बजारमा पठाउने अवस्था नरहेको महाप्रबन्धक सुवेदीले बताए।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।