शिक्षा नीति परिमार्जन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

शिक्षा नीति परिमार्जन गर्ने सरकारको तयारी

काठमाडौं, १४ फागुन । सरकारले शिक्षा नीति परिमार्जन गर्ने तयारी गरेको छ । सान्दर्भिकतालाई ख्याल गर्दै शैक्षिक नीति परिमार्जन गर्ने विषयमा छलफल भइरहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बताइन् ।

सोमबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षा क्षेत्रलाई सवलीकरण गर्न पनि शैक्षिक नीतिलाई सामयिक बनाउन लागिएको स्पष्ट पारिन्।

शैक्षिक क्षेत्र सवल भएको अवस्थामा वर्तमान सरकारले लिएको समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन् ।