आईसीसी एकदिवसीय विश्वकप छनोटको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

आईसीसी एकदिवसीय विश्वकप छनोटको ट्रफी सार्वजनिक

काठमाडौं, १४ फागुन । जिम्बावेमा यही फागुन २० गते सुरु हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । जिम्बावेका राष्ट्रपति इमर्सन माङगाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक समारोहमा प्रतियोगीतामा सहभागी हुने १० राष्ट्रका कप्तान पनि सहभागी थिए । प्रतियोगितामा सहभागी टीमले भोलिदेखि अभ्यास खेल खेल्दै छन् । पहिलो दिन भोली ५ वटा अभ्यास खेल हुनेछन् । नेपालले आफ्नो पहिलो अभ्यास खेल युएईसँग खेल्ने छ । खेल नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।