लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता

लस एन्जलसको पूर्वी क्षेत्रस्थित पोमोना फेयरप्लेक्समा आयोजित वार्षिक ‘बबल रन’मा १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् । रङ्गीचङ्गी साबुनका फिँज (बबल) र पारिवारिक मनोरञ्जनका साथ आयोजना गरिएको यस दौडमा सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए । बबल रन एक पारिवारिक र गैर–प्रतिष्पर्धात्मक ५ किलोमिटरको दौड प्रतियोगिता हो । यसमा सहभागीहरू रङ्गीचङ्गी फिँजका बादलहरूका बीचबाट दौडिने वा हिँड्ने गर्दछन् ।
संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूमा वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रमले धावक, पैदल यात्री, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा ल्याई मनोरञ्जन प्रदान गर्ने उद्देश्य राख्दछ ।
आयोजककाअनुसार हालसम्म अमेरिकाका ८० भन्दा बढी सहरहरूमा यो कार्यक्रम सञ्चालन भइसकेको छ । यी विभिन्न कार्यक्रमहरूमा हालसम्म १० लाखभन्दा बढी मानिसहरूले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार