काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते

रुसको नोवोरोसिस्क बन्दरगाह नजिकै काला सागर (ब्ल्याक सी) मा टर्कीको एक व्यापारिक जहाजमाथि आक्रमण भएको छ । उक्त घटनामा परी एक जना नाविकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ‘काल्योन्कु डेनिसिलिक’ कम्पनीद्वारा सञ्चालित ‘युरल’ नामक जहाजमाथि मध्यरातमा उक्त आक्रमण भएको हो । आक्रमणका बावजुद जहाजले आफ्नो यात्रा जारी राखेको र शनिवार टर्कीको उत्तरी बन्दरगाह सामसुन पुगेको ‘इहलास न्युज एजेन्सी’ले जनाएको छ ।
यसअघि, ‘युरल’ जहाजले टर्कीकै अर्को मालवाहक जहाज ’नेसिबे’का १८ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो । नेसिबेमाथि पनि काला सागरमै आक्रमण भएको बताइएको थियो ।
काला सागर क्षेत्रमा पछिल्लो समय व्यापारिक जहाजहरूमाथि श्रृङ्खलावद्ध आक्रमणका घटनाहरू भइरहेका छन्। यो घटनालाई सोही असुरक्षित वातावरणको पछिल्लो कडीका रूपमा हेरिएको छ ।

Leave a Reply