काठमाडौ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युतको वितरण लाइन, विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइबारे छलफल हुनेछ ।




