देशभर बदली र वर्षाको सम्भावना, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

देशभर बदली र वर्षाको सम्भावना, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसममा साधारणतया बदली रहने जनाएको छ । विभागकाअनुसार देशका विभिन्न भू–भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसोको समयमा देशभरको मौसम साधारणतया बदली रहने पूर्वानुमान छ । यस अवधिमा पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुने देखिएको छ । विशेषगरी गणण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहने देखिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । यस्तै, तराईका थोरै स्थानमा मध्यम वर्षा हुनुका साथै कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Leave a Reply