काला सागरमा व्यापारिक जहाजमाथि भएको ड्रोन आक्रमणप्रति टर्कीको गम्भीर चासो | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

काला सागरमा व्यापारिक जहाजमाथि भएको ड्रोन आक्रमणप्रति टर्कीको गम्भीर चासो

टर्कीले काला सागरमा आफ्ना कम्पनीहरूको स्वामित्वमा रहेका दुईवटा व्यापारिक जहाजहरूमाथि भएको ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । रुस र युक्रेनबीच जारी द्वन्द्वको बढ्दो प्रभावले नागरिक जहाजहरूको आवागमन र क्षेत्रीय स्थिरतालाई नै खतरामा पारेको टर्कीले चेतावनी दिएको छ । टर्कीको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुसको नोवोरोसिस्क बन्दरगाहबाट प्रस्थान गरेका यासार र नादेज्दा नामक व्यापारिक जहाजहरूमाथि सोमबार मानवरहित हवाई वाहन (ड्रोन) मार्फत आक्रमण गरिएको थियो । उक्त घटनामा टर्कीका नागरिकसहित चालक दलका केही सदस्यहरू घाइते भएको मन्त्रालयले जनाएको छ । टर्कीका अधिकारीहरूले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे नजिकबाट अनुगमन गरिरहेको र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुस र युक्रेनबीचको युद्ध काला सागरमा अझ फैलिँदै गएको र यसले नागरिक जहाजहरूलाई समेत असर पु¥याएकोमा हामी गम्भीर रूपमा चिन्तित छौँ ।’
टर्कीले समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न र नागरिक जहाजहरूमाथि हुने थप आक्रमणहरू रोक्न रुस र युक्रेन लगायतका संवद्ध पक्षहरूलाई ठोस कदम चाल्न आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार