काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले काँग्रेस नेतृत्वको सरकारले मुलुकलाई आर्थिक रुपमा कंगाल बनाएर सत्ता छाडेको आरोप लगाएका छन् ।
नेता गुरुङले शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले मुलुकलाई आर्थिक रुपमा दुरगामी नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे । शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ कुराकानी गर्दै उनले देउवा नेतृत्वको सरकारकै कारण मुलुकमा हाल एक खरव बजेट घाटामा रहेको दावी गरे ।
नेता गुरुङले संघीय समाजवादी फोरम, नेपाल सरकारमा आउने विश्वास व्यक्त गरे । उनले केही दिन भित्रै मन्त्रीमण्डलले पूर्णता पाउने समेत बताए ।




