काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनुभएको छ । शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताउनु भयो । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताउनु भयो । संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।




