डोटी, १० फागुन । स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल डोटीको सेवा ठप्प पारेका छन् । जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंहमाथी स्थानीय युवाले हातपात गरेको भन्दै चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका हुन् ।
तीनदेखिको बन्दका कारण उपचारका लागि पुगेका विरामी मारमा परेका छन् । काम गर्ने बाताबरण नरहेको भन्दै अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन सहित डाक्टरहरुले जिल्ला छोडेका छन् । उपचारमा आएकी स्थानिय महिलासंग सामन्य विवाद हुँदा स्थानीय युवाले आइतबार डाक्टरमाथी हातपात गरेका थिए । हातपात गर्नेहरुलाई कारबाही नगरेसम्म अस्पतालको सेवा ठप्प पार्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।




