सार्वजनिक खरिद विधेयकमाथि राष्ट्रिय सभामा छलफलः ठेक्का प्रक्रियाका विकृति अन्त्य हुने सांसदहरूको विश्वास | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

सार्वजनिक खरिद विधेयकमाथि राष्ट्रिय सभामा छलफलः ठेक्का प्रक्रियाका विकृति अन्त्य हुने सांसदहरूको विश्वास

काठमाडौं ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष बनाउन सार्वजनिक खरिद विधेयक महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सभामा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रश्तुत गर्नुभएको हो । उक्त विधेयकको छलफलमा सहभागी हुँदै उहाँले ठेक्का प्रक्रियामा व्याप्त अनियमितता, कमिसनखोरी र ढिलासुस्तीलाई निरुत्साहित गर्दै पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारलाई दुई तिहाइको बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति त्यागी विधिको शासन र संसदीय प्रक्रियालाई सम्मान गर्न समेत आग्रह गर्नुभयो । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले विगतमा गरिएका संशोधनहरूले खरिद प्रक्रियाका समस्या पूर्ण रूपमा समाधान गर्न नसकेको स्मरण गराउनु भयो । उहाँले विशेषगरी औषधि र रासायनिक मल जस्ता संवेदनशील वस्तुको खरिदमा अन्तर्राष्ट्रिय मूल्यको उतारचढावका कारण देखिने समस्या र ठेक्का ‘बेच्ने’ प्रवृत्तिलाई रोक्न यो विधेयक प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय सभामा प्रश्तुत यो विधेयकले सार्वजनिक निकायका खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार