वायु प्रदुषण न्युनिकरणका लागि दिल्ली सरकारद्वारा नयाँ विद्युतीय सवारी नीति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

वायु प्रदुषण न्युनिकरणका लागि दिल्ली सरकारद्वारा नयाँ विद्युतीय सवारी नीति सार्वजनिक

भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति घोषणा गरेको छ । सार्वजनिक गरिएको यस नीतिअनुसार ३० लाख भारतीय रूपैयाँ (करिव ३१,७३६ अमेरिकी डलर) सम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सडक दस्तुर र दर्ता शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत यो नीति आगामी जुलाई १ देखि कार्यान्वयनमा आउनेछ । दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्यका साथ यो कदम चालेको हो । नयाँ नीतिमा पेट्रोल र कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) बाट चल्ने दुई पाङ्ग्रे सवारी साधनहरूलाई चरणवद्ध रूपमा विस्थापन गर्ने योजना समावेश गरिएको छ । जसअनुसार सन् २०२८ को अप्रिलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन मात्र विक्री र दर्ता गर्न अनुमति दिइनेछ । विद्युतीय यातायात प्रणालीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न दिल्ली सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Leave a Reply

ताजा समाचार