कैलाली, ९ फागुन । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले रानी जमरा कुलरीया सिँचाई आयोजनाको काम छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो आयोजनाको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले काम द्रुत गतिमा गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै मुख्यमन्त्री भट्ट नेतृत्वको टोलीले बन्द अवस्थामा रहेको बासुलिङ सुगर मिल र सेती लोकमार्गको पनि स्थलगत अनुगमन गरेका छन् । मुख्यमन्त्री भट्टले बन्द रहेको मिल संचालन गर्न पहल गर्ने बताए ।
उनले प्रदेश ७ मा भ्रष्टचार र अनियमितता हुनै नदिने प्रतिबद्धता जाहेर गरे । प्रदेश ७ को मुख्यमन्त्री भएपछि त्रिलोचन भट्ट पहिलो पटक अनुगमनमा निस्केका हुन् ।