नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिन्छ : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिन्छ : भट्टराई

yogesh

काठमाडौं, ९ फागुन । एमालेका सचिव योगेश भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिने बताएका छन् । सचिव भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको माध्यमबाट मध्यम र तल्लो स्तरका जनतालाई राज्यको सेवा र सुविधाको पहुँचमा ल्याउने लक्ष्य लिने स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादको आधार निर्माण गर्ने संवैधानिक लक्ष्य पूरा गर्न पनि सूचना प्रविधिको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए । सचिव भट्टराईले सूचना प्रविधिको सही सदुपयोग गर्न नसके नेपालको राष्ट्रियता नै संकटमा फस्ने चेतावनी समेत दिएका छन् ।

सचिव भट्टराईले सूचना प्रविधिको प्रयोगबाट समाजमा विद्यमान आर्थिक–सामाजिक लगायतका विभेद् न्यूनिकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);