झापा, ९ फागुन । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा व्यवसायीमाथि छुरा प्रहार भएको छ । ढुवानी व्यवसायी अर्जुनधारा–११ का देवी संग्रौलामाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
घाइते भएका संग्रौलाको बि एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने अर्जुनधारा–६ का १७ बर्षिय सन्देश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।